रास्वपाबाट १३ महिला उम्मेदवार विजयी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १८:२६

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जनाले ऐतिहासिक जित हासिल गरेका छन् । जुम्ला, सुनसरी–१ र हुम्ला बाहेकका क्षेत्रमा रास्वपाका महिला उम्मेदवारहरूले पुराना र स्थापित दलका नेताहरूलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

काठमाडौँ–१ बाट रञ्जु दर्शनाले १५ हजार ४५५ मतसहित नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई हराउँदै विजयको खाता खोलेकी छिन् । त्यस्तै, ललितपुर–३ मा डा. तोषिमा कार्कीले ४३ हजार ९६ मत प्राप्त गरी दोस्रो पटक आफ्नो सिट सुरक्षित गरेकी छिन् ।

उनले कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ र नेकपाका राजकाजी महर्जनलाई ठूलो मतान्तरले पछाडि पारिन् । यसअघि काठमाडौँ–२ बाट सांसद रहेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेर ५९ हजार २७७ मतसहित भारी जित निकालिन् । उनले भरतपुरकी पूर्व मेयर एवं नेकपा उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् ।

मोरङ–६ बाट रुबिना आचार्य ५५ हजार ५१३ मतका साथ विजयी भइन् भने उनका प्रतिस्पर्धी कोइराला १२ हजार ८५० मतमा सीमित भए । कास्की–३ बाट समाजसेवामा सक्रिय बिना गुरुङले कांग्रेसका मनोज गुरुङलाई तेब्बर मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेकी छिन् । सुदूरपश्चिमको कैलाली–१ मा सफल कृषि उद्यमी कोमल ज्ञवाली १७ हजार ८६२ मतसहित निर्वाचित भएकी छिन् ।

निर्वाचनमा रास्वपाका तीन महिला उम्मेदवारले भने पराजय भोग्नुपर्यो । जुम्लामा बिनिता कठायत राप्रपाका ज्ञानेन्द्र शाहीसँग, सुनसरी–१ मा सरिन तामाङ श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग र हुम्लामा टासी ल्हान्जोम पराजित भएका हुन् । समग्रमा रास्वपाको यो नतिजाले नेपाली राजनीतिमा महिला नेतृत्वको बलियो उदय भएको संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.