निर्वाचन परिणाम : कतै भारी मतान्तर, कतै एक अङ्कको हारजित

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १३:३२

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व देखिएको छ। निर्वाचन आयोगका अनुसार १६५ मध्ये १६१ क्षेत्रको नतिजा आउँदा रास्वपाले ऐतिहासिक १२४ सिटमा जित दर्ता गरेको छ।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेस १७ र नेकपा एमाले ८ सिटमा खुम्चिएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३ तथा राप्रपा र स्वतन्त्रले एक–एक सिट जितेका छन्। अब गणना बाँकी रहेका चार क्षेत्रमध्ये रास्वपा, कांग्रेस र एमालेले एक–एक स्थानमा अग्रता लिइरहेका छन् भने धनुषा १ मा उम्मेदवारी खारेजीसम्बन्धी कानुनी विवादका कारण परिणाम रोकिएको छ।

यसपटकको निर्वाचनमा मतान्तरको रोचक तथ्याङ्क बाहिर आएको छ। झापा ५ मा रास्वपाका बालेन्द्र शाहले ४९ हजारभन्दा बढी (५६.९७ प्रतिशत) को विशाल मतान्तरले जितेका छन् भने झापा २ मा इन्दिरा राणा मगर ४८ हजारभन्दा बढी (६८.१९ प्रतिशत) मतान्तरले विजयी भएकी छन्।

तर, केही क्षेत्रमा भने हारजितको अन्तर अत्यन्तै न्यून देखिएको छ। सबैभन्दा कम मतान्तर ओखलढुङ्गा १ मा देखिएको छ, जहाँ रास्वपाका विश्वराज पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतले पराजित गरे।

कम मतान्तरले हारजित भएका प्रमुख १५ क्षेत्रहरू :

निर्वाचन क्षेत्रविजयी उम्मेदवार (पार्टी)निकटतम प्रतिद्वन्द्वी (पार्टी)मतान्तर
ओखलढुङ्गा १विश्वराज पोखरेल (रास्वपा)कुमार लुइँटेल (कांग्रेस)५
बागलुङ २सोम शर्मा (रास्वपा)टेकराज पौडेल (कांग्रेस)७७९
सिन्धुली १धनेन्द्र कार्की (रास्वपा)प्रदीप कटवाल (एमाले)७८४
गुल्मी २गोविन्द पन्थी (रास्वपा)गोकर्ण विष्ट (एमाले)५६१
तेह्रथुम १सन्तोष सुब्बा (रास्वपा)भानुभक्त ढकाल (एमाले)८७९
दैलेख १बासना थापा (कांग्रेस)रवीन्द्र राज शर्मा (एमाले)५७६
बाजुरा १जनकराज गिरी (कांग्रेस)लालबहादुर थापा (एमाले)५४०
अछाम १भरतबहादुर स्वार (कांग्रेस)भीम रावल (नेकपा)५२६
अछाम २यज्ञ बहादुर बोगटी (एमाले)पुष्प बहादुर शाह (कांग्रेस)४७२
डोटी १भरतबहादुर खड्का (कांग्रेस)दीपकबहादुर धामी (एमाले)७८७
ताप्लेजुङक्षितिज थेवे (एमाले)गजेन्द्र तुम्याङ लिम्बू (कांग्रेस)२,२५१
भोजपुरध्रुवराज राई (श्रम संस्कृति)शेरधन राई (एमाले)१,९१३
पाल्पा १सन्दीप राना (कांग्रेस)नारायण प्रसाद आचार्य (एमाले)१,५१७
कालीकोट १महेन्द्र बहादुर शाही (नेकपा)नगेन्द्र शाही (एमाले)१,०८७
हुम्ला १जयपति रोकाया (कांग्रेस)दीपेन्द्र रोकाया (नेकपा)१,५५४

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.