गौरादहका नगर प्रमुख सुवेदीमाथि आफ्नै घरमा हातपात

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १६:०७

विराटनगर। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि आफ्नै घरमा हातपात भएको छ। आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन्। प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन्।

हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ। मेयर सुवेदीको जाहेरीपछि पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए। उनका अनुसार पक्राउ परेका व्यक्ति केही समयअघि मात्रै जापानबाट फर्किएका थिए।

मदिरा सेवनपछि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.