यी ११ जना पूर्वमन्त्री भए चुनावमा असफल

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १४:१२

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मतदाताले यसपटकको निर्वाचनमा पुराना र पटक-पटक राजकीय शक्तिमा पुगेका ११ पूर्वमन्त्री र एक पूर्वमुख्यमन्त्रीलाई संसद् छिर्ने बाटो बन्द गरिदिएका छन् । लामो समयदेखि राजनीतिमा दबदबा कायम राख्दै आएका नेताहरूलाई पाखा लगाउँदै जनताले नयाँ अनुहार र परिवर्तनलाई रोजेको चुनावी परिणामले देखाएको छ ।

अछाम-१ मा नेकपाका हेभीवेट नेता डा. भीमबहादुर रावललाई नेपाली कांग्रेसका भरतकुमार स्वारले ५२६ मतको झिनो अन्तरले हराए भने डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा खुम्चिन पुगे जहाँ कांग्रेसका भरतबहादुर खड्का विजयी भए ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नयाँ उम्मेदवारहरूले स्थापित नेताहरूको साख गिराउन मुख्य भूमिका खेलेका छन् । कैलाली-५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग र कञ्चनपुर-१ मा पूर्वमन्त्री बिना मगर रास्वपाकै जनकसिंह धामीसँग पराजित भए ।

यसैगरी कैलाली-४ मा एमालेका लेखराज भट्ट र कञ्चनपुर-२ मा कांग्रेसका नारायणप्रकाश साउदले पनि हार बेहोर्नुपरेको छ । बैतडीमा दामोदर भण्डारी, कञ्चनपुरमा मानबहादुर सुनार र तारा लामा तामाङ, बाजुरामा प्रकाशबहादुर शाह तथा कैलालीमा गौरीशंकर चौधरी र जनकराज चौधरीलाई पनि मतदाताले यसपटक पत्याएनन् । यद्यपि एमालेका गणेशबहादुर ठगुन्ना र कांग्रेसका जनकराज गिरीले भने प्रतिकूल लहरका बीच पनि आफ्नो क्षेत्र सुरक्षित राख्दै जित निकालेका छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.