म्यादी प्रहरीलाई सीपमूलक तालिम दिएर उद्यमशीलतामा जोडिने

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १४:३८
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका ९ सय ८९ जना म्यादी प्रहरीलाई आयआर्जन र उद्यम विकाससँग जोड्न धनकुटामा सीपमूलक तालिम दिने तयारी गरिएको छ ।

म्यादी प्रहरीको कार्यअवधि सकिएपछि उनीहरूलाई खाली हात घर फर्काउनुभन्दा जीविकोपार्जनमा सहयोग पुग्ने व्यावसायिक सीप सिकाएर पठाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस्तो पहल गरेको हो । यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार म्यादी प्रहरीलाई उनीहरूको रुचि अनुसार होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, सिलाइ–कटाइ, मोबाइल तथा मोटरसाइकल मर्मत र घर पेन्टिङ जस्ता तालिम दिइनेछ ।

तालिमपश्चात् बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी इच्छुक व्यक्तिहरूलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जा उपलब्ध गराउने योजना समेत बनाइएको छ । सानो लगानीमा घरमै बसेर आम्दानी गर्न सकिने कुखुरा पालन, बाख्रा पालन र व्यावसायिक तरकारी खेतीतर्फ पनि उनीहरूलाई आकर्षित गरिने प्रजिअ खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले गाउँमै बसेर सानो उद्योग वा व्यवसाय गर्न चाहनेहरूका लागि यो कार्यक्रमले दीर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिममार्फत कम्तीमा पाँच सय जना मात्रै उद्यममा लागे भने पनि धेरै परिवारको आर्थिक अवस्था सुधार हुने प्रशासनको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.