‘क्राइम रिभेञ्ज’ ‘मुक्तिपुर’ मा नाजिर र गौरव

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २६, मंगलबार १४:४७

काठमाडौं। । अभिनेता नाजिर हुसैन र गौरव पहारीको मुख्य भूमिका रहने चलचित्र ‘मुक्तिपुर’ को छायाङ्कन सुरु भएको छ । मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको सुटिङ थालिएको हो । सुनिल पाण्डेको निर्देशनमा बन्न लागेको यस चलचित्रमार्फत अभिनेत्री आकृति बुढाथोकीले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।

साहिबा फिल्मस् प्रोडक्सन र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुने यो चलचित्र ‘क्राइम रिभेञ्ज’ जनरामा आधारित छ । निर्देशक पाण्डेका अनुसार एक परिवारको प्रतिनिधित्व गर्ने पात्रले भोग्ने उतारचढाव र बदलाको कथालाई चलचित्रमा उतारिनेछ ।

अभिनेता नाजिर हुसैनले ‘मुक्तिपुर’ आफ्नो करियरको एउटा महत्त्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गरेका छन् भने अभिनेत्री आकृतिले म्युजिक भिडियोपछिको उत्साह प्रकट गरेकी छन् ।

चलचित्रमा नाजिर र गौरका साथै प्रकाश शाह र एवनराज उप्रेतीको पनि अभिनय रहनेछ । ४० दिनको छायाङ्कन तालिका तय गरिएको यस चलचित्रको प्रदर्शन मिति भने अझै सार्वजनिक गरिएको छैन । चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता र विजय राजवंशी तथा रोशन पासवान निर्माताका रूपमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×