तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, १ लाख ८ हजार नगद बरामद

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १२:१५

झापा । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र १ लाख ८ हजार ५२० रुपैयाँ नगदसमेत बरामद गरेको छ । धुलाबारीस्थित जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरमा तास खेलिरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले उक्त स्थानमा तास खेलिरहेको अवस्थामा आइतबार सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–१० का किरण लाम्साल, हर्कराज राई र मेदनी बराल, मेचीनगर–५ का विशाल लावती र शेखरनाथ भण्डारी, मेचीनगर–३ का सागर बस्नेत तथा मेचीनगर–७ का प्रकाश लावती रहेका छन् । पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×