रवि लामिछानेद्वारा चुनावी खर्च सार्वजनिक: साढे ९ लाखको विवरण पेश

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १०:३५

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। हालै सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरले विजयी भएका लामिछानेले निर्वाचन कार्यालयमा आफ्नो खर्च सार्वजनिक गरेका हुन्।

उनको तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले बुझाएको विवरण अनुसार चुनावी अभियानमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको छ। उनले निर्वाचन आयोगले तोकेको आचारसंहिता र खर्चको सीमाभित्रै रहेर उक्त रकम खर्च भएको उल्लेख गरेका छन्। चितवन–२ मा लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।

यसैबीच, झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भई राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएका बालेन्द्र साह (बालेन) ले पनि आफ्नो खर्च विवरण बुझाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका साहले चुनावी अभियानमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

पछिल्लो निर्वाचनमा नयाँ शक्ति र युवा उम्मेदवारहरूको उदयसँगै खर्चको पारदर्शितामा पनि विशेष चासो देखिएको छ। निर्वाचन आयोगले सबै उम्मेदवारहरूलाई परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.