ऐतिहासिक निर्वाचन सम्पन्न भएकोमा गृहमन्त्रीद्वारा सुरक्षा निकायलाई धन्यवाद

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १७:१८

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भएको भर्चुअल बैठकमा मन्त्री अर्यालले निर्वाचनको समीक्षा गरे । उनले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न सातै प्रदेशका प्रदेश कमाण्ड पोस्ट र ७७ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूले सफलतापूर्वक भूमिका निर्वाह गरेको बताए ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको उल्लेख गर्दै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रदेखि फिल्डसम्म खटिने सबै कर्मचारी रहेको बताए । सामूहिक र साझा प्रयासबाट मात्र यस्तो सफलता हासिल गर्न सम्भव भएको उनको भनाइ थियो ।

गृहसचिव राजकुमार श्रेष्ठले सबैले व्यावसायिक निष्ठा र असल नियतका साथ जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त भएको बताए ।

बैठकमा सहभागी प्रदेश तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनबारे आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले विगत ३० वर्षको अवधिमा भएका निर्वाचनभन्दा यसपटकको निर्वाचन बढी स्वच्छ, निष्पक्ष र त्रुटिरहित भएको बताउँदै गृहमन्त्री अर्यालको कुशल नेतृत्व र अभिभावकत्वको प्रशंसा गरे ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.