‘देशबाहिरको नेपाल’ लाई राज्यले प्राथमिकतामा राख्नुपर्छ: एनआरएनए

Share this
624shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १०:४६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। आगामी चैत २ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष महेश श्रेष्ठले देशको विकासका लागि विदेशमा रहेका नेपालीको पुँजी र सीपलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपालको सिमानाभित्र मात्र नेपाल छ भन्ने परम्परागत सोच बदल्नुपर्नेमा जोड दिए। ‘अहिले एक तिहाइ नेपाली देशबाहिर छन्, यसको अर्थ नेपालबाहिर पनि अर्को नेपाल छ,’ उनले भने, ‘राज्यले नीति, नियम र बजेट विनियोजन गर्दा देशबाहिर रहेको त्यो ‘अर्को नेपाल’ लाई पनि विचार गर्नुपर्छ।’

नेपालभित्रको नेपाल र नेपालबाहिरको नेपाललाई जोड्ने मुख्य काम नै एनआरएनएको रहेको उनको भनाइ छ। श्रेष्ठले विदेशमा रहेका करिब ८० लाख नेपालीको वार्षिक आम्दानी विदेशी मुद्रामा २० खर्बभन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्दै यो अथाह स्रोतलाई नेपालको विकासमा लगाउनुपर्ने बताए। एकातिर नेपालमा स्रोतको अभाव भइरहेको र अर्कोतिर विदेशमा रहेका नेपालीसँग अथाह सम्भावना रहेकाले यसको सही सदुपयोग हुनुपर्नेमा उनले जोड दिए।

वर्तमान अवस्थामा नेपालमा वैदेशिक लगानी भित्र्याउन सहज नभएको उल्लेख गर्दै उनले नेपालको अहिलेको अवस्थालाई सन् ७० को दशकको चीनसँग तुलना गरे। चीनले पनि सुरुमा विदेशमा रहेका चिनियाँहरूलाई सहुलियत दिएर उनीहरूमार्फत पुँजी, प्रविधि र काम गर्ने संस्कृति भित्र्याएपछि मात्र सन् ९० को दशकपछि अन्य विदेशी लगानीकर्ता आकर्षित भएको उदाहरण उनले पेस गरे।

‘अहिले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न असाध्यै जोखिम देख्छन्, तर विदेशमा बस्ने नेपालीका लागि त्यो जोखिम होइन, किनकि यो हाम्रै देश हो,’ श्रेष्ठले भने। उनले नीति निर्माताहरूलाई ‘वैदेशिक लगानी’ र ‘गैरआवासीय नेपालीको लगानी’ लाई फरक ढंगले हेर्न र छुट्टै नीति बनाउन आग्रह गरे। अहिलेको सन्दर्भमा नेपालको विकास गैरआवासीय नेपालीको लगानीबाट मात्र सम्भव रहेको दाबी गर्दै श्रेष्ठले विदेशमा रहेका नेपालीको सम्भावना र स्रोतलाई सदुपयोग गर्न सरकारसँग विशेष अनुरोध गरे।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.