
काठमाडाैं । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ ।
शनिबार मनकामना दर्शन गरेर फर्केको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
माइक्राेमा १४ जना सवार थिए । प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको छ । अन्य ७ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।
मृतककाे पहिचान भएकाे छैन । चालक र सहचालक बाहेक सबै यात्रु भारतीय नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।
























