नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार ११:२५

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा आज आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी क्रम सङ्ख्या २२ मा तोकिएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद चर्किएको हो। निर्वाचन आयोगले सोही समितिलाई आधिकारिकता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहका तर्फबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

देउवा पक्षले दायर गरेको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र नयाँ निर्वाचित कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भङ्ग गर्न माग गरिएको छ। देउवा समूहले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नहुने दाबी गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.