पश्चिममा सुरु भएको वर्षा पूर्व सर्दै

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १२:५०

काठमाडौँ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहानैदेखि पश्चिम क्षेत्रबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको छ। डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, गुल्मी, कास्की र पाल्पा लगायतका जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ भने यो प्रणाली अहिले चितवनसम्म आइपुगेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोसी र गण्डकी प्रदेशमा आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु समेत लागेको विभागले जनाएको छ।

आज देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सूचना अधिकारी कायस्थका अनुसार अझै केही दिन देशभर बदली र वर्षाको क्रम जारी रहने देखिएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.