एमालेले बुझायो १६ समानुपातिक सांसदको सूची

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १७:१०

काठमाडौं । नेकपा ( एमाले) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो भागमा परेका १६ सिटका लागि सम्भावित सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुसार आइतबार निर्वाचन आयोगमा नामावली पेस गरिएको केन्द्रीय निर्वाचन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए ।

एमालेले विभिन्न क्लस्टरका आधारमा नामहरू छनोट गरेको छ । जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरिएको छ । त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम सूचीमा समावेश छ ।

अन्य क्लस्टरतर्फ पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई सिफारिस गरिएको छ भने थारू पुरुषबाट कृपाराम राना चयन भएका छन् । दलित महिला कोटामा विष्णुमाया विक र नीता घतानीको नाम बुझाइएको छ । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम सिफारिस भएको छ । मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीलाई सांसद बनाउन एमालेले आयोगमा नाम पठाएको नेता आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.