जेनजी अलायन्सद्वारा प्रदर्शन: आयोगको प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजीको माग

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १२:३९

काठमाडौं। जेनजी मुभमेन्ट अलायन्सले सरकारविरुद्ध आन्दोलनको शंखघोष गरेको छ। गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन गुपचुप राखिएको र सरकारले नातावादका आधारमा राजनीतिक नियुक्ति गरेको भन्दै अलायन्सले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले बिहान ११ बजेदेखि आँखामा कालो पट्टी बाँधेर मौन विरोध जनाएका थिए। अलायन्सले विशेषगरी दुईवटा मागलाई मुख्य मुद्दा बनाएको छ: पहिलो, वर्षौँदेखि सार्वजनिक नगरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल बाहिर ल्याउनुपर्ने र दोस्रो, प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति खारेज हुनुपर्ने।

आफ्नो विज्ञप्ति मार्फत अलायन्सले सरकारले जनआन्दोलनको भावना विपरीत कार्य गरेको आरोप लगाएको छ। ‘राज्यका निकायहरूलाई आफ्ना आसेपासे भर्ति गर्ने थलो बनाउने पुरानै प्रवृत्ति दोहोरिनु स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ। उनीहरूले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। निर्वाचन सम्पन्न गराएर प्रशंसा बटुलेको अन्तरिम सरकार यतिबेला आफ्नै समर्थक र युवा समूहको दबाबमा परेको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.