रास्वपा कोशीमा असन्तुष्टि: कार्यवाहक अध्यक्ष तामाङद्वारा समानुपातिक सूचीको आलोचना

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १५:३२

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सांसदको बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ।

रास्वपा कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सिफारिस गरेको समानुपातिक सूचीमा भूगोल र समावेशिताको सन्तुलन नमिलेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले कोशी प्रदेशको विशिष्ट भौगोलिक बनोट र जातीय क्लस्टरलाई पार्टीले नजरअन्दाज गरेको आरोप लगाएकी छन्।

उनले कोशीको सन्दर्भमा पहाडी भूगोलको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने सुझाव आफूले यसअघि नै दिएको भए पनि त्यसलाई बेवास्ता गरिएको उल्लेख गरेकी छन्।

कार्यवाहक अध्यक्ष तामाङले पार्टी संगठन निर्माणमा अहोरात्र खटिएका, क्षमतावान् र योगदान दिएका व्यक्तिहरूलाई पाखा लगाइएको भन्दै नेतृत्वको आलोचना गरेकी छन्।

उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी स्थापित गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङजस्ता योग्य अनुहारहरू सूचीमा नसमेटिएकोमा प्रश्न उठाएकी छन्।

‘पार्टी निर्माणमा रगत-पसिना बगाउने र भूगोल बुझेका व्यक्तिहरूभन्दा केन्द्रीय नेताहरूको निकट रहेकाहरूलाई प्राथमिकता दिइयो,’ तामाङले भनिन्, ‘निर्णय प्रक्रिया शक्ति केन्द्रको वरिपरि मात्रै सीमित हुँदा आवश्यक सन्तुलन कायम हुन सकेन।’

लामो समयदेखि संगठनमा सक्रिय रहेका व्यक्तिहरूलाई उपेक्षा गर्दा आगामी दिनमा पार्टीको सांगठनिक संरचना र कार्यकर्ताको मनोबलमा गम्भीर असर पर्न सक्ने चेतावनी समेत उनले दिएकी छन्। क्लस्टर नमिल्दा र भूगोल छुटाउँदा पार्टीले समावेशिताको नारालाई व्यवहारमा उतार्न नसकेको उनको तर्क छ।

गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी तामाङ धरानका मेयर हर्क साम्पाङसँग पराजित भएकी नेतृ हुन्। रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि उनले कोशी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.