
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले देशका केही स्थानमा आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको छ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षाको समेत सम्भावना छ।
यसअघि सोमबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित पानी परेको थियो। सोही क्रममा चलेको तीव्र हावाहुरीका कारण उदयपुरमा दुई जनाको मृत्यु भएको छ।
कटारी नगरपालिका–५ स्थित राधा कृष्ण मन्दिर नजिकै रुख ढलेर थिच्दा वीरेन्द्र चौधरीको ज्यान गएको छ भने वडा नम्बर ८ मा मिनामाया तामाङको मृत्यु भएको विभागले जनाएको छ।
हावाहुरीले भौतिक क्षतिसमेत पुर्याएको भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

























