मोरङमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको भिडियोबारे चिनियाँ दूतावासको चासो

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १३:०४

विराटनगर । मोरङको मनमोहन टेक्निकल कलेज परिसरमा चिनियाँ राष्ट्रपति सी जीनपिङले लेखेको पुस्तक जलाइएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनले गम्भीर चासो देखाएको छ। नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उक्त घटनाबारे सोधखोज गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार दूतावासले अनौपचारिक रूपमा पुस्तक किन र कसले जलायो भन्ने विषयमा जानकारी मागेको हो। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित उक्त कलेजमा चिनियाँ राष्ट्रपति सीले लेखेका एक हजारभन्दा बढी पुस्तक रहेका छन्।

यता नेकपा एमालेका नेता विनोद ढकालले भने चिनियाँ राष्ट्रपतिको पुस्तक नियतवश जलाइएको भन्ने प्रचारमा सत्यता नभएको दाबी गरे। उनले क्याम्पस प्रशासनसँग बुझ्दा परिसरभित्रको फोहोर र झाँडी सफा गर्ने क्रममा काम नलाग्ने पुराना कागजपत्र र पत्रिका जलाइएको बताए। सोही क्रममा धमिराले खाएर पढ्न नमिल्ने अवस्थामा पुगेका केही पुस्तकहरू असावधानीवश जलेको उनको भनाइ छ।

घटनापछि शुक्रबार कलेज परिसरमा भिडभाड बढेकाले जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षाकर्मी परिचालन गरेको छ। मोरङका एसपी कवित कटवालले स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनाको वास्तविकताबारे कलेज प्रशासनसँग लिखित जवाफ माग गरिएको बताए। कलेजको आधिकारिक जवाफ आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.