
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना प्रकट गर्न मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका छन् ।
९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएका मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । केही समयअघि मात्र राष्ट्रपति पौडेल ओली निवास पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि ओली निवास पुगेर समवेदना प्रकट गरिसकेका छन् ।
























