यातायात क्षेत्रमा सर्वोच्चको आदेश कार्यान्वयनसम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३, मंगलबार १५:३०

काठमाडौँ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरूको कार्यान्वयन अवस्था र सुधारका उपायसहितको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको छ । जाँचबुझ आयोगले सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच विद्यमान समस्या र भावी कार्ययोजना समेटिएको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

मन्त्रिपरिषद्को गत मंसिर २२ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम यो आयोग गठन गरिएको थियो । दीपक सुवेदी अध्यक्ष तथा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य सदस्य रहेको आयोगले यातायात क्षेत्रको विस्तृत अध्ययन गरी सुझावहरू तयार पारेको हो ।

प्रतिवेदनमा सार्वजनिक सवारी साधनको प्राविधिक गुणस्तर, सञ्चालनका न्यूनतम मापदण्ड, प्रदूषण नियन्त्रण र यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट तथा कार्टेलिङ जस्ता विकृतिहरू औँल्याइएको छ । आयोगले यातायात व्यवस्थापनमा संलग्न निकायहरूको पारदर्शिता, जवाफदेहिता र सुरक्षाका विषयमा पनि विशेष जोड दिएको छ ।

यसैगरी, दुर्घटनापछिको क्षतिपूर्ति र दायित्व निर्धारणका सम्बन्धमा देखिएका अस्पष्टताहरूलाई चिर्दै प्रतिवेदनले ठोस सुझावहरू प्रस्तुत गरेको छ । भविष्यमा यस्ता समस्या दोहोरिन नदिनका लागि आयोगले कार्यान्वयनयोग्य स्पष्ट कार्ययोजना समेत सरकारलाई बुझाएको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.