महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको भविष्यमाथि प्रशासनिक खेलबाड

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार २०:३२

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीको भविष्यसँग सम्बन्धित गम्भीर प्रशासनिक अनियमितता सार्वजनिक भएको छ ।

विद्यार्थीको भविष्यसँग प्रशासनिक खेलबाड भइरहेको पाइएको हो । क्याम्पसमा चारित्रिक प्रमाणपत्र जारी गर्ने प्रक्रियामा नियम उल्लंघन र कर्मचारीको गैरजिम्मेवारीले विद्यार्थीलाई प्रत्यक्ष जोखिममा पारेको छ ।

Advertisement

विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको आफ्नो ट्रान्सक्रिप्ट लिएर क्याम्पसबाट क्लियरेन्स गर्नुपर्ने, आवश्यक शुल्क तिरेर निवेदन दिनुपर्ने र अन्ततः क्याम्पस प्रमुखको हस्ताक्षरबाट चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया छ । नियमानुसार प्रत्येक कागजात तयार पार्ने, प्रमाणीकरण तथा हस्ताक्षर गर्ने कार्य निश्चित जिम्मेवारी अनुसार फरकफरक कर्मचारीले गर्नुपर्ने व्यवस्था छ ।

तर, व्यवहारमा यो प्रक्रिया मनपरी र अव्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको छ । विशेषगरी, शैक्षिक प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा कार्यरत विनोद कामतलाई विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको आरोप लागेको हो । मुख्य कार्यालय सहायक पदमा रहेर उनले आफूलाई अधिकृत देखाउँदै चारित्रिक प्रमाणपत्रमा शाखा अधिकृतको किर्ते हस्ताक्षर गरेको र आफ्नो अधिकार नाघेर काम गरेको खुलासा भएको छ ।

यसले प्रशासनिक उत्तरदायित्वमाथि प्रश्न उठाएको छ । संस्थागत पारदर्शिता र विश्वविद्यालयको साखमाथि पनि गम्भीर असर पुर्‍याएको छ । अधिकारकर्मी तथा सूचनाको हकका अभियन्ता योगराज दाहालले यो विषयको प्रमाण आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

दाहालले मुख्य कार्यालय सहायकले क्यारेक्टर सर्टिफिकेटमा हस्ताक्षर गरेको विषयलाई उजागर गर्दै क्याम्पसमा चरम लापरबाही र गैरजिम्मेवार कार्य भएको बताए । उनले फेसबुकमार्फत प्रमाणित कागजात, हस्ताक्षर नमुना, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि र आधिकारिक पत्राचार समेत सार्वजनिक गरेका छन् ।

स्रोतका अनुसार यस प्रकरणमा क्याम्पस प्रमुख डा. रामावतार शरणको संलग्नता हुनसक्ने आशंका गरिएको छ । डा. शरणले भने अनआवश्यक आरोप लगाइएको बताए । ‘मैले पूरै कागजात नहेरिकन केही भन्न सक्दिन । तर, त्यस्तो काम नहुनुपर्ने हो,’ उनी भन्छन् ।

क्याम्पसका नायव शुब्बा कामतले भने छाप लगाउनेले गल्ती गरिदिएको बताए । ‘चारित्रिक प्रमाणपत्र आइसकेपछि त्यसलाई मैले प्रमाणीकरण गरिदिने हो । अनि त्यो क्याम्पस प्रमुखकोमा पुग्छ । छाप लगाउनेले मेरो हस्ताक्षर भएको ठाउँमा शाखा अधिकृत (सेक्सन अफिसर) भन्ने छाप लगाएर गल्ती गरिदिएछन् । मैले थाहा पाएपछि त्यसलाई रोकिसकेको छु,’ उनले भने ।

सूचनाको हकका अभियन्ता दाहाल भने यस्ता अनियमितताले विद्यार्थीको भविष्यलाई अन्योलमा पार्ने मात्र नभई विश्वविद्यालयको विश्वास र नैतिक आधारलाई कमजोर बनाउने बताउँछन् । सरोकारवालाहरू र सम्बन्धित निकायले यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

महेन्द्र मोरङ क्याम्पसमा भएको घटनाले शिक्षा क्षेत्रमा नक्कली ओहोदा, किर्ते हस्ताक्षर र प्रक्रियागत अव्यवस्थालाई प्रष्ट पार्ने दाहालको भनाइ छ । यसले विश्वविद्यालयको प्रतिष्ठा, विद्यार्थीको अधिकार र भविष्यमा गम्भीर धक्का पुर्‍याएको उनी बताउँछन् । उनका अनुसार सेक्सन अफिसरको अंग्रेजी छाप दर्ता शाखामा नभएर शैक्षिक प्रशासन शाखामा रहने हुँदा कामतले जानाजान गल्ती गरेका हुन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×