झापामा अवैध कपडासहित दुईवटा टेम्पो र चालक प्रहरीको नियन्त्रणमा

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १३:११
फायल फोटो ।

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगानबाट बिहीबार बिहानका राति प्रहरीले भन्सार छलीका अवैध कपडा बोकेको दुईवटा टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पो चेकजाँच गर्दा करिब ५ लाख रुपैयाँ बराबरका विभिन्न कपडा फेला परेको थियो । कपडाको बिल नरहेको पाइएपछि दुवै टेम्पोसहित प्रहरीले चालकलाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भारतबाट तस्करी गरेर ल्याइएका पर्दा, साडी, कुर्ता–सलवारलगायतका कपडा टेम्पो प्रयोग गरेर ओसारपसार गरिँदै थियो । प्रहरीले मे १ ह ६३५५ नम्बरको टेम्पो र चालक मेचीनगर नगरपालिका–७ बस्ने ४० वर्षीय सुबिन्द्र जोगी तथा मे १ ह ७२९४ नम्बरको टेम्पो र चालक भोजपुर घर भई हाल मेचीनगर–७ बस्ने ३५ वर्षीय भमदल राईलाई नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका कपडाको अनुमानित मूल्य पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै टेम्पो र चालकमाथि डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.