शपथग्रहणमा जाँदा सांसदहरुले के के लैजानुपर्छ ?

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ०८:३४

काठमाडौं । संघीय संसद् सचिवालयले आगामी चैत १२ गतेका लागि प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रमको तयारी सुरु गरेको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुने शपथग्रहणमा सदस्यहरूले कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुनुपर्नेछ । सदस्यहरूले अनिवार्य रूपमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो लिएर आउनुपर्ने सचिवालयले सूचित गरेको छ ।

सचिवालयले सांसदहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ । साथै, नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यका लागि विशेष व्यवस्था गरिएको छ । इच्छुक सदस्यहरूले शपथको पाठ अनुवाद गरी कार्यक्रमअघि तीन दिनभित्र संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्ने छ ।

यस सूचनामा सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि आफ्ना जिल्लाका निर्वाचित सदस्यहरूलाई जानकारी गराइदिन आग्रह गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरिएको निर्देशन शपथ कार्यक्रमलाई सुव्यवस्थित र सांस्कृतिक विविधतालाई सम्मानजनक बनाउन केन्द्रित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.