जिल्ला अदालत अगाडि बम विस्फोट प्रकरण : लेखापढी व्यवसायी पक्राउ

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १५:२०

सिरहा। सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा एक लेखापढी व्यवसायी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सुखीपुर नगरपालिका ३ का लेखापढी व्यवसायी गुमस्ता यादवलाई शङ्काको आधारमा नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले शङ्काको आधारमा यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए।

अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने प्रहरीले जनाएको छ। पक्राउ परेका यादवले सिरहा अदालत अगाडि कार्यालय खोलेर लेखापढी गर्दै आएका थिए।

गत फागुन २७ गते अपराह्न भएको उक्त विस्फोटका कारण कार्यालयमा कार्यरत कर्मचारी सौरभ यादव घाइते भएका थिए। सिरहा नगरपालिका-१ निवासी यादवको खुट्टामा चोट लागेको थियो। विस्फोटबाट कार्यालयभित्र रहेका कम्प्युटर लगायतका अन्य सामग्रीमा समेत क्षति पुगेको प्रहरीले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.