मोरङको उर्लाबारीमा हिँडिरहेका बेला लडेका युवकको मृत्यु

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १६:३७

विराटनगर । मोरङको उर्लाबारीमा हिँडिरहेका बेला अचानक लडेर बेहोस भएका युवकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–७ का ३५ वर्षीय रञ्जित शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । उर्लाबारी–७ स्थित इटहरा रोडमा हिँडिरहेका बेला दिउँसो १ः४० बजेतिर अचानक लडेर उनी बेहोस भएका थिए ।

स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याएको थियो । उपचारकै क्रममा दिउँसो २ः२५ बजेतिर शर्माको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।

शव हाल सोही अस्पतालमा रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.