मोरङको लेटाङमा सबैभन्दा धेरै वर्षा

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार ०९:११
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

विराटनगर । पछिल्लो २४ घण्टामा मोरङको लेटाङमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । देशका विभिन्न भागमा वर्षा हुँदा लेटाङमा धेरै भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बिहान सवा ८ बजेसम्म लेटाङमा ६१.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । जुन हालसम्मकै उच्च हो ।

वर्षासँगै आएको भलबाढी, हावाहुरी र चट्याङका कारण देशको विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध हुने, विद्युत आपूर्ति अवरुद्ध हुने तथा सञ्चार सेवामा समस्या देखिने जस्ता घटनाहरू भएका छन् ।

मौसमविद्हरूका अनुसार शुक्रबार देखिएको मौसम प्रणालीकै निरन्तरता र थप सक्रिय बनेको वायुका कारण शनिबार पनि चितवन र आसपासका क्षेत्रमा पुनः वर्षा हुने सम्भावना उच्च रहेको छ । विशेषगरी चितवनका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हाल देशभर मौसममा तीव्र परिवर्तन भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसमविद्हरूले विशेष गरी हावाहुरी, चट्याङ र भलबाढीको जोखिमलाई ध्यानमा राख्न सुझाव दिएका छन् ।

आवश्यक परे सुरक्षित स्थानमा बस्न र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ । सम्बन्धित निकायहरूले पनि सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.