निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १८:४७

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष पेस गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले आइतबार प्रतिवेदन बुझाएको हो । कार्यक्रममा आयुक्तहरू जानकीकुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउत सहभागी थिए ।

गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिल कुमार सिन्हा पनि कार्यक्रममा उपस्थित थिए । आयोगले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल प्रतिवेदन बुझाइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.