पहाड र हिमालमा वर्षा एवं हिमपातको सम्भावना

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार ०६:०७

काठमाडौं । देशभर देखिएको पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा उल्लेख्य परिवर्तन आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) कोशी प्रदेशसहित विभिन्न स्थानका पहाडी र हिमाली भू–भागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ । हाल कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ । देशका अन्य पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा आंशिक बदली मात्र देखिएको छ ।

सोमबार दिनभर देशको पहाडी र हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका विभिन्न भू–भागमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसममा आएको यो परिवर्तनले दैनिक जनजीवन, विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले अद्यावधिक मौसमको जानकारी नियमित रूपमा लिन र सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.