झापामा सफारीसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १०, मंगलबार ०६:१०

झापा । झापामा सोमबार साँझ सीटी सफारीसँग भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका–४ केचनामा साँझ ६ः३० बजेतिर दुर्घटना भएको हो । बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर ११ सी ३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००२ ह ६४११ नम्बरको सीटी सफारी एकआसपमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका–४ का अन्दाजी ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा पुर्याउनसाथ साँझ ७ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका थिए ।

दुर्घटना लगत्तै प्रहरीले सीटी सफारी र चालक कचनकवल–४ का अन्दाजी १९ वर्षीय सैजय मिायाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.