रास्वपा संसदीय दलको नेता बने बालेन शाह

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १२, बिहीबार १७:५४

काठमाडौं । बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।

केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.