
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै सभापति थापाले सरकारका सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग रहने बताए। ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ थापाले फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्री शाहको नेतृत्वमा नयाँ मन्त्रिमण्डल विस्तार भएपछि प्रमुख प्रतिपक्षी दलका नेता थापाले सरकारका राम्रा काममा साथ दिने प्रतिबद्धता जनाएका हुन्।
























