प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए पहिलो मन्त्रिपरिषद् बैठक

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १५:४३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री शाहले आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ र सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए। उनले शपथ लिएलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूको शपथ र पदभारपछि बस्न लागेको यो पहिलो बैठकले सरकारका प्राथमिकता र केही महत्त्वपूर्ण नीतिगत निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.