झापाको दमकमा करेन्ट लागेर युवकको मृत्यु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १५:१५

दमक । झापाको दमक नगरपालिका–८ सेतुमारी रोडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार बिहान करिब ८ बजेको समयमा भएको उक्त घटनामा स्थानीय २८ वर्षीय निरोज साह गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार साह आफ्नै किराना पसलबाट नजिकै रहेको आफ्नै तीनतले घरमा सीसी टिभी क्यामेराको तार जडान गर्ने क्रममा दुर्घटनामा परेका थिए । छिमेकी मनोज साहको दुईतले घरको छत हुँदै तार तान्ने प्रयास गरिरहेका बेला तारले उच्च भोल्टेज (हाइटेन्सन) विद्युत लाइनमा छोइएपछि अचानक विद्युत सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा बिहान करिब ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विद्युत सुरक्षा सम्बन्धी सतर्कता अभावका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.