एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १५:५५

ललितपुर । नेकपा (एमाले) का नेता कर्णबहादुर मल्ल बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले मल्ललाई शनिबार ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार एमालेका प्रदेश सदस्यसमेत रहेका मुगु निवासी मल्लविरुद्ध एक युवतीले बलात्कारको जाहेरी दिएकी थिइन्। पीडित युवतीले बालकुमारीस्थित एउटा होटलमा मल्लले आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

कालिकोटकी स्थायी बासिन्दा रहेका ती युवतीले सुरुमा भ्रूणहत्या सम्बन्धी उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन्। तर, पछि उनले मल्लले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले मल्ललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

प्रहरीले अहिले मल्ललाई हिरासतमा राखेर घटनाबारे थप सोधपुछ र कानुनी प्रक्रिया सुरु गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.