पूर्वमन्त्री दीपक खड्का पक्राउ

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार ०८:४४

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् । स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसको पुष्टि गरेको छ । लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको जेनजी आन्दोलनका बेला निवासमा आगजनी हुँदा पैसा डढेको भन्दै एउटा भिडियो भाइरल भएको थियो । त्यसमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।

उनी यसअघि संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । खड्कालाई काठमाडौंबाटै पक्राउ गरिएको सीआईबीका एआईजी मनोज केसीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.