इटहरीमा दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार युवकको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०६:४३

विराटनगर । सुनसरीको इटहरीमा आइतबार राति दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपिन सवार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ काली मन्दिरनजिक राति १० बजेतिर दुर्घटनामा परेको थियो । दुहबीबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा पुर्याउनसाथ चिकित्सकले राति १०ः४० बजेतिर मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । विराट शिक्षणमै उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.