मेघगर्जनसहित वर्षाको सम्भावना

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०६:५१

काठमाडौं । नेपालमा आज (सोमबार) पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यो प्रणाली अझै सक्रिय रहने भएकाले सोमबार दिउँसो र रातिको समयमा पनि विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मध्यम वर्षा हुन सक्ने संकेत गरिएको छ ।

त्यस्तै, मधेश प्रदेशसहित कोशीको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ । मौसमविद्हरूले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.