झापामा मकैबारीभित्र नवजात शिशु फेला

Share this
613shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ०८:४४

झापा । झापाको कमल गाउँपालिका–३ केर्खामा सोमबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला पारिएको छ ।

एउटा घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा बिहान ६ बजेतिर शिशु फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी केर्खाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा नवजात शिशुलाई सुरक्षित रूपमा उद्धार गरी उपचारका लागि किओच बाल अस्पताल दमक पठाएको छ । अस्पतालले शिशुको अवस्था सामान्य रहेको र आवश्यक स्वास्थ्य परीक्षणसहित निगरानीमा राखिएको जनाएको छ ।

नवजात शिशुको आमाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शिशुको आमाको पहिचान तथा घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजतलास भइरहेको जानकारी प्रहरीले दिएको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा ल्याएर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.