
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (सोमबार) अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)ले बैठक बोलाएका हुन् ।
एक मन्त्रीका अनुसार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ । बैठकमा सरकारका समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
नियमित एजेन्डासँगै केही महत्वपूर्ण नीतिगत निर्णयहरू पनि बैठकमा प्रस्तुत हुन सक्ने स्रोतहरूले जनाएका छन् । सरकारका विभिन्न मन्त्रालयहरूबाट आएका प्रस्ताव, सेवा प्रवाह सुधार तथा सार्वजनिक सरोकारका विषयहरू पनि छलफलको सूचीमा रहने सम्भावना छ । प्रधानमन्त्री शाह पछिल्लो समय सरकारको कामलाई प्रभावकारी बनाउन सक्रिय छन् ।
























