सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार ११:१४

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। विभागका एक अधिकारीका अनुसार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। राति बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो। निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका ती अधिकृतले जानकारी दिए। पूर्वमन्त्री खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.