प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग छलफल सुरु

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १४:११

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँगको छलफलपछि अब सांसदहरूसँग संवाद थालेका छन्। आइतबार मन्त्रीहरूसँग जनताका कामकारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री शाहले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्ने योजना बनाएका छन्।

‘प्रधानमन्त्री ज्युले प्रदेशवाइज सांसदसँग छलफल गर्ने योजनाअनुसार अहिले कर्णाली प्रदेशका सांसदहरूसँगको छलफलमा हुनुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने, ‘एउटा प्रदेशका सांसदहरूसँग सकेर अर्को प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.