कोशीमा एसईईको तयारी अन्तिम चरणमा, ८० हजार बढी परीक्षार्थी

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १६, सोमबार १९:३९

विराटनगर । आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी कोशी प्रदेशमा अन्तिम चरणमा पुगेको छ ।

परीक्षा व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्न प्रदेशभर व्यापक तयारी गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्र व्यवस्थापनदेखि सुरक्षा, अनुगमन तथा विद्यार्थी सहजीकरणसम्मका सबै विषयमा स्पष्ट निर्देशन जारी गरिएको छ ।

आवश्यकता अनुसार परीक्षा केन्द्र रहेका विद्यालयमा नर्सको व्यवस्था गरिनेछ भने नर्स उपलब्ध नभए नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सुनिश्चित गरिने व्यवस्था मिलाइएको छ । पोखरेलका अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीहरूको छनोट र परिचयपत्र व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

विद्यार्थीलाई सहज बनाउनलाई परीक्षा केन्द्र नजिकै बसोबासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको छ । परीक्षा दिन विद्यार्थी अनिवार्य रूपमा विद्यालय पोसाकमा उपस्थित हुनुपर्नेछ भने खुला समूहका परीक्षार्थीले फोटोसहितको परिचयपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षा केन्द्रहरूको नियमित अनुगमन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित निकायको नेतृत्वमा गरिनेछ । मोबाइल फोन, स्मार्ट वाच लगायतका इलेक्ट्रोनिक उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सीसीटीभी जडान भएका विद्यालयलाई परीक्षा केन्द्रका रूपमा प्राथमिकता दिइने र त्यसमार्फत पनि अनुगमन गरिनेछ ।

उत्तरपुस्तिका सुरक्षा र ढुवानीका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिनेछ । परीक्षा सुरु हुनुअघि सम्बन्धित कर्मचारी तथा सुरक्षाकर्मीलाई अभिमुखीकरण गरिनेछ । साथै, परीक्षा केन्द्रमा प्राथमिक उपचार सामग्री, शौचालय व्यवस्थापन तथा आवश्यक स्थानमा मनोसामाजिक र पारिवारिक परामर्श सेवा उपलब्ध गराइनेछ ।

यसवर्ष कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्र र ८० हजारभन्दा बढी परीक्षार्थी छन् । ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ सहायक कर्मचारी, १ हजार ६ सय १५ सहयोगी कर्मचारी र ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिने छ । कार्यालयले परीक्षालाई शान्त, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवाला निकायसँग समन्वय एवं सहयोगको आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×