
काठमाडौं । जेनजी आन्दोलन दमन गरेको आरोपमा काठमाडौंका तत्कालीन सीडीओ (प्रमुख जिल्ला अधिकारी) छवि रिजाल पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार बिहान पक्राउ गरेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।
























