एमाले सचिवालयको बैठक सुरु: विकसित राजनीतिक घटनाक्रममाथि छलफल

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १२:१७

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी पार्टी कार्यालयमा सुरु भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक सचिवालय बैठक बसेको हो। यसअघि गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेर विरोधका कार्यक्रम तय गरिएको थियो।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान उनीहरुकै निवासबाट पक्राउ गरेको थियो।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिइसकेको छ। यसैबीच, बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसमेत जारी गरेको छ।

एमालेले यो पक्राउलाई गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै कडा आलोचना गर्दै आएको छ। आजको बैठकमा विकसित राजनीतिक परिस्थिति र पार्टीले चाल्ने आगामी कदमका सन्दर्भमा गहन छलफल गरी आवश्यक निर्णय लिने नेताहरूले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.