प्रतिपक्षीमाथि प्रतिशोधको अध्याय अब दोहोरिँदैन : रवि लामिछाने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार १४:५८

काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबको राजनीतिमा प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध साध्ने काम नहुने बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले विगतका सरकारहरूले प्रतिपक्षीमाथि प्रतिशोध राखेको जिकिर गर्दै रास्वपा नेतृत्वको सरकारले त्यस्तो बाटो नपचाउने स्पष्ट पारे।

सभापति लामिछानेले रास्वपा जनताका प्रश्न सोधेरै अहिले संसद्‌मा जवाफ दिने ठाउँसम्म आइपुगेको उल्लेख गरे। उनले लोकतन्त्रमा प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने भन्दै प्रतिपक्षी दलहरूले पनि गलतलाई गलत र सही कार्यलाई सही भनेर सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे।

Advertisement

उनले सरकारले जनअपेक्षा अनुसार काम गर्ने र प्रतिपक्षीका जायज आवाजलाई उचित सम्मान दिने प्रतिबद्धता समेत जनाए। राजनीतिक दाउपेच भन्दा माथि उठेर मुलुकको समृद्धिका लागि सबै दल मिल्नुपर्नेमा उनको जोड थियो। सभापति लामिछानेले सदनमा आफ्नो भनाइ राख्दै अबको सरकारले प्रतिशोध भन्दा पनि नतिजामुखी काममा ध्यान केन्द्रित गर्ने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.