वर्षा, चट्याङ र हुरीको सम्भावना

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ०६:४६

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानैदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बढी बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ । दिउँसो हिमाली तथा पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

विशेषगरी गण्डकी र कर्णालीका उच्च भू–भागमा यसको प्रभाव बढी देखिन सक्छ । तराई क्षेत्रका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना पनि औँल्याइएको छ ।

रातको समयमा पनि पहाडी र हिमाली क्षेत्रमै मौसम सक्रिय रहनेछ । केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ । महाशाखाले मौसमको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.