इरानी कारागारमा रहेका नेपाली नागरिक अमृत झा सकुशल

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १६:१७

काठमाडौं । इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ३३ वर्षीय झा हाल इरानको कारागारमा रहेको र उनको अवस्था सुरक्षित रहेको स्पष्ट पारेको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार झाको पक्राउ अहिलेको मध्यपूर्व तनावसँग सम्बन्धित छैन। उनी हालको द्वन्द्व सुरु हुनुभन्दा निकै अघि नै पक्राउ परेका थिए। प्रवक्ता क्षेत्रीले झाविरुद्ध इरानको जिल्ला अदालतमा मुद्दा चलिरहेको र कानुनी प्रक्रिया जारी रहेकाले तत्काल थप कदम चाल्ने अवस्था नरहेको बताए। परराष्ट्र मन्त्रालयले उनको विषयमा थप जानकारी लिने काम गरिरहेको र सम्बन्धित पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका–११ बस्दै आएका झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। थाइल्यान्डको बैंककमा अध्ययन गरेका उनी तेल बोक्ने जहाजमा ‘सिप क्याप्टेन’ का रूपमा कार्यरत थिए। कामको सिलसिलामा तेल लिन इरान जाने क्रममा उनी त्यहाँको सुरक्षा निकायको नियन्त्रणमा परेका हुन्। सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल जारी राख्ने आश्वासन दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.