प्रधानमन्त्री शाहद्वारा गण्डकीका सांसदहरूसँग छलफल

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार १६:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गण्डकी प्रदेशका सांसदहरूसँग विशेष छलफल गरेका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित भेटघाटमा प्रधानमन्त्री शाहले गण्डकी प्रदेशको विकास, बजेट कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा सांसदहरूको सुझाव लिएका हुन्।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रदेशगत समस्या र केन्द्र सरकारबीचको समन्वयलाई प्राथमिकता दिएका शाहले यसअघि नै कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग यस्तै छलफल गरिसकेका छन्। शुक्रबारको बैठकमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पर्यटन प्रवर्द्धन, जलविद्युत आयोजनाको व्यवस्थापन र प्रदेशको राजधानी पोखराको कनेक्टिभिटीका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री शाहले संघीय सरकारले प्रदेशका प्राथमिकतालाई केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्ने आश्वासन दिए। उनले विकासका योजनाहरूमा दोहोरोपन हुन नदिन र स्थानीय आवश्यकता अनुसारका योजना छनोट गर्न सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

सबै प्रदेशका सांसदहरूसँगको संवादपछि प्रधानमन्त्रीले एकीकृत कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ। सरकार र जनप्रतिनिधिबीचको यो प्रत्यक्ष संवादलाई राजनीतिक वृत्तमा सकारात्मक कदमका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.