सांकेतिक तस्बिरविराटनगर । झापाको भद्रपुर नगरपालिकामा एउटा घर भत्काउने क्रममा छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार चैत २० गते दिउँसो करिब ३ बजेको समयमा भद्रपुर नगरपालिका वडा नम्बर ६, संगम चोकस्थित राधा कार्कीको दुई तल्ले पक्की घर भत्काउने क्रममा दुर्घटना भएको हो । घरको बिम एक्कासी लड्दा छतमा काम गरिरहेका दुई जना मजदुर तल खसेका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भद्रपुर नगरपालिका वडा नम्बर ५, राजन चोक बस्ने अन्दाजी ३४ वर्षीय ओपेन राजवंशीलाई तत्काल उपचारका लागि ओमसाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही घटनामा भद्रपुर-५, पोखरीतोल बस्ने अन्दाजी ३५ वर्षीय धर्मेन्द्र यादव घाइते भएका छन् । उनकाे उपचार भइरहेकाे छ ।
























