
विराटनगर । मोरङको बूढीगंगामा लडेर उद्योगमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित हाइटेक कार्पेट प्रा.लिमा काम गर्ने मजदुर महोत्तरी घर भएका अन्दाजी ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार दिउँसो ३ः३० बजेतिरको हो ।
प्रहरीका अनुसार उद्योगको धारामा हात धुने क्रममा अचानक लडेर यादव बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा शुक्रबार साँझ ६ः२० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























